+
+

प्रधानमन्त्री ओलीको मूख्य सल्लाहकारमा रिमाल, आर्थिक सल्लाहकारमा खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १८:३९

३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मूख्य सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको मूख्य सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा मूख्य सल्लाहकार नै थिए ।

त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । उनी २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए ।

राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएपछि उनी केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको हैसियतमा पनि काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?