+
+

टप १० ब्रोकरमध्ये ७ को खरिद धेरै, कसले कति गरे किनबेच ?

एउटै ब्रोकर कम्पनीमार्फत १ अर्बको सेयर खरिद

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३ गते १८:५६

३ साउन, काठमाडौं । बिहीबार उच्च रकमको कारोबार गरेका १० ब्रोकर कम्पनीमार्फत कुल ५ अर्ब ६८ करोड रुपैयाँको धितोपत्र खरिद भएको छ ।

त्यस्तै ती कम्पनीले ३ अर्ब ८३ करोड रुपैयाँको धितोपत्र बिक्री गरेका छन् । बिहीबार यी १० ब्रोकर कम्पनीमध्ये ७ कम्पनीको खरिद धेरै देखिएको छ भने ३ कम्पनीको बिक्री धेरै देखिएको छ ।

नासा, इम्पेरियल, भिजन, सनी, अनलाइन, आर्यतारा र दिपशिखामार्फत बिक्रीभन्दा खरिद धेरै भएको छ । त्यस्तै तीन ब्रोकर कम्पनी डायनामिक, एबीसी र लिन्चमार्फत बिक्री धेरै भएको छ ।

यस दिन कुल १५ अर्ब ५४ करोड रुपैयाँको धितोपत्र कारोबार भएको हो । जसमध्ये १० ब्रोकर कम्पनीको मात्रै करिब ३२ प्रतिशत हिस्सा देखिन्छ ।

नासा सेक्युरिटिजमार्फत एकै दिन १ अर्ब बढीको धितोपत्र खरिद भएको छ । लगानीकर्ताले सो कम्पनीमार्फत यस दिन १ अर्ब ६ करोड रुपैयाँको धितोपत्र खरिद गरेका छन् भने ८२ करोड ३४ लाख रुपैयाँको बिक्री गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?