+

काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

२०८१ साउन  ४ गते ८:५७ २०८१ साउन ४ गते ८:५७
काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज किर्गिस्तानसँग खेल्दै

४ साउन, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो दोस्रो खेलमा किर्गिस्तानसँग खेल्दैछ ।

नेपाल र कीर्गिस्तानबीचको खेल नेपाली समय अनुसार राति ९:१५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाली टोली पहिलो जितको खोजीमा छ । श्रीलंकासँग नेपाल ३-१ को सेटमा पराजित भएको थियो ।

उता किर्गिस्तानले भने पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा रिसिभ र डिफेन्समा राम्रो प्रदर्शन गर्न नस्कदा हार व्यहोरेको थियो ।

पहिलो खेलमा गरेको गल्तीलाई नदोहोर्‍याई कीर्गिस्तान विरुद्ध राम्रो प्रदर्शन गर्ने नेपालका मुख्य प्रशिक्षक कुमा राईले बताए । पहिलो खेलमा स्पाईकर सलिना बुढामगर र मिना सुनारबाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन ।

पहिलो खेल भएकोले पनि खेलाडीको तालमेल र यहाँको वातावरणमा खेल्न नेपाली खेलाडीलाई केही कठिन भएको थियो । चार टोली सहभागी प्रतियोगितामा नेपालले लिगको अन्तिम खेल शनिवार माल्दिभ्ससँग खेल्नेछ । लिगमा जस्तो नतिजा आएपनि चारै टोलीले सेमिफाइनल खेल्नेछन् ।

सेमिफाइनलमा  लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।

नेपाली टोली : सलिना बुढा मगर, जेनिशा विश्वकर्मा(कप्तान),  एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

काभा यू-२० महिला भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय