+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘ब्याड न्युज’, ‘ट्वीस्टर्स’ र जापानी एनिमेड फिल्म ‘कोनान’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १२:१७

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । तीनै विदेशी फिल्म प्रदर्शन हुँदा नेपाली रिलिज यो साता छैन । रिलिज भएका फिल्ममा बलिउडको ‘ब्याड न्युज’, हलिउडको ‘ट्वीस्टर्स’ र जापानी एनिमेटेड ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’ छन् ।

‘ब्याड न्युज’को रनटाइम १४२ मिनेट र पीजी प्रमाणपत्र छ । आनन्द तिवारी निर्देशित फिल्ममा विक्की कौशल, तृप्ति डिमरी र एम्मी भिराकको मुख्य भूमिका छ । यसलाई कमेडी-रोमान्स जनरामा राखिएको छ ।

यो फिल्म एक पञ्जाबी पुरुष र एक क्रिस्चियन–हिन्दु युवतीको कथा हो । उक्त पुरुषले युवतीसँग एक रात बिताउँछ । तर अविश्वसनीय रुपमा युवती गर्भवती हुँदा कथाले नयाँ मोड लिन्छ ।

हलिउडको ‘ट्वीस्टर्स’को रनटाइम १२३ मिनेट र पीजी प्रमाणपत्र छ । ली आइज्याक चुङ निर्देशित फिल्ममा ग्लेन पावेल डेजी एड्गर, जोन्स एन्थोनी रामोस र किर्नन सिपकाको अभिनय छ । एक्सन, एड्भेन्चर र थ्रिलर जनरामा निर्माण भएको यो फिल्मले सामुन्द्रिक आँधी आउने बाटोमा फसेका पात्रको कथा भन्छ । यो समस्याबाट उनीहरु मुक्त हुनुपर्छ ।

जापानी एनिमेटेड ‘डिटेक्टिभ कोनान भर्सेस किड द फ्यान्टम थिफ’को रनटाइम ८० मिनेट छ । यसले पीजी प्रमाणपत्र पाएको छ । सुनसुके इसिहाराले यो फिल्मलाई निर्देशन गरेका हुन् ।

यो फिल्मले कोनन र किड द फ्यान्टम चोरबीचको टकरावलाई प्रस्तुत गर्छ । यो नयाँ फुटेजसहित नयाँ टिभी श्रृंखलाको विशेष संकलन हो । नेपाली हलमा यतिबेला घरज्वाइँ, कल्की, डेस्पेक्बल मी ४ लगायत फिल्म प्रदर्शन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?