+
+

सोलुखुम्बुमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १२:२०
Photo Credit : APF

४ साउन, काठमाडौं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पुमा माटोको ढिस्कोले पुरिएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

दूधकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ४२ वर्षीय तेज बहादुर तामाङलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

तार जालीको पर्खाल लगाउने क्रममा उनी माटोको ढिस्कोले पुरिएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको हो । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ । उनको टाउको र कम्मरको भागमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?