+
+

विपत् व्यवस्थापन थप प्रभावकारी बनाउन सरकारलाई सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १३:५६

४ साउन, काठमाडौं । नेकपा एमालेका सांसद सोनाम ग्याल्जेन शेर्पाले विपत् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सरकारले अहिले जुन किसिमको विपत् व्यवस्थापनमा काम गरिरहेको छ। यसले मात्रै पुग्दैन । यसलाई बढी भन्दा बढी अझ युद्ध स्तरमा काम गर्नको लागि सरकारसँग अनुरोध गर्न चाहन्छु’ उनले भने ।

नेपालमा बसोबासको सन्दर्भमा पूर्व अध्ययन नहुने र जथाभावी बस्ती बसाल्ने प्रवृत्तिका कारण समस्या भएको उनले बताए । भूगोल ख्याल गरेर बस्ती बसाल्ने र विकासका नाममा पहाडमा डोजर चलाउने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा पनि उनले जोड दिए ।

‘कुन ठाउँमा कुन समस्या छ भनेर पूर्व तयारी गर्नुपर्छ। बाढी पहिलो जान सक्ने ठाउँ वा आगलागीको समस्याको विषय छ । हिमाल पग्लिने लगायतको विषय पनि छ’ सांसद शेर्पाले सरकारको ध्यानाकर्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?