+
+

आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमालेले बुझायो सुझावपत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १५:४०

४ असार, काठमाडौं । नेकपा एमालेका नेताहरुले सरकारलाई सुझावपत्र बुझाएका छन् ।

पार्टीका तर्फबाट महासचिव शंकर पोखरेल लगायतका नेताहरुले आफ्नै पार्टी नेतृत्वको सरकारलाई सुझावपत्र बुझाएका हुन् । पार्टीको सुझावपत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुझेका छन् ।

आफू पार्टी अध्यक्ष भएपनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको प्रधानमन्त्री ओलीले बताए । सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझावपत्र कार्यान्वयनमा जाने बताए ।

‘एमालेले हामीलाई भन्न पनि पाउँछ । पोहोर साल यो दिएको थियो, यो चाहिँ तपाईँहरुले गर्नु भएन भन्न पाउँछ’, ओलीले भने । प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को ८ अटोट आगामी १९ वर्षभित्र पुरा गर्नेगरी सरकार अगाडि बढेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?