+
+

गणेशको मूर्तिसँग किम कादर्सियनले खिचाएको फोटोले निम्त्यायो विवाद

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १६:०९

काठमाडौं । अम्बानीको विवाहमा सहभागी हुन गत साता मुम्बई पुगेकी हलिउड रियालिटी स्टार किम कादर्सियनको चर्चा अझै सेलाएको छैन । अमेरिका पुगे पनि उनले लगातार भारत भ्रमणका तस्वीर पोस्ट गरिरहेकी छिन् ।

उनले मन्दिरमा पूजा गरेको, भारतीय स्टारसँग सेल्फी खिचेको तस्वीर यतिबेला भाइरल छन् । सारीमा सजिएर हट देखिएकी कार्दसियनको फोटोको चर्चा सामाजिक सञ्जालमा चलिरहेको छ ।

यस्तोमा उनको एक सेल्फी भने विवादमा मुछिएको छ । भगवान गणेशको मूर्तिसँग कादर्सियनले खिचाएको सेल्फीले चर्चा मात्रै होइन, विवाद पनि निम्त्याएको छ ।

गणेशको मूर्तिसँग फोटो खिचाएपछि किमका केही फ्यान निराश पनि भए । सामाजिक सञ्जालमा फोटो सेयर गरेपछि भारतमा विवाद पनि मच्चिए, त्यसपछि उनी उक्त सेल्फी हटाउन बाध्य भइन् ।

सेतो र सुनौलो पहिरनमा किमले गणेशको मूर्तिसँग फोटो खिचाएकी थिइन् । उनले सो फोटोको क्याप्सन लेखेकी छन्, ‘अम्बानीको विवाहका लागि हीरा र मोती ।’ अहिले हटाइएको तस्वीरमा किमले क्यामेराका लागि पोज दिंदा गणेशको मूर्तिमा आफ्नो अनुहार राखेको देख्न सकिन्छ ।

किम र उनकी बहिनी मुम्बईमा अर्बपति मुकेश अम्बानीको छोराको विवाहमा सहभागी हुन आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?