+
+

संविधान र दल सम्बन्धी कानून संशोधन गर्न एमालेको माग (सुझावपत्र सहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १७:४४

४ साउन, काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टीका तर्फबाट सरकारलाई सुझावपत्र बुझाएका छन् ।

पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरुले प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर सुझावपत्र बुझाएका हुन् । सरकारले गर्नुपर्ने कामहरुको लामो सूची तयार पारेर एमालेले बुझाएको सुझाव पत्रमा केही राजनीतिक निर्णय लिन पनि आग्रह गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरी नेपाली कांग्रेससँग एमालेले गरेको संविधान पुनरावलोकनको सहमति कार्यान्वयन गर्न पनि एमालेले माग राखेको छ । ‘राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणली सम्बन्धी संविधानका व्यवस्थाहरु र राजनीतिक दल सम्बन्धी कानूनको पुनरावलोकन गर्न, आवश्यकताका अनुसार संशोधन गर्न र विद्युतीय मतदानको व्यवस्था गर्न सुझाव दिइएको छ’, पत्रमा उल्लेख छ ।

हेर्नुहोस् नेकपा एमालेका नेताहरुले पार्टीका तर्फबाट सरकारलाई बुझाएको सुझावपत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?