+
+

प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनमतको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १८:३६

४ साउन, काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

शुक्रबार पार्टीको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतका ६ सांसद छन् ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ । केन्द्र सरकारमा जनमत हालसम्म सहभागी भएको छैन ।

तर मधेश प्रदेशमा कांग्रेस र एमालेको साथमा जनमतले सरकारको नेतृत्व गरिरहेको छ । मधेश सरकारले बिहीबार मात्रै पूर्णता पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?