+
+

मकवानपुरमा घरायसी काम गर्ने क्रममा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते २०:५४

४ साउन, हेटौंडा । मकवानपुरमा शुक्रबार एकैदिन घरायसी काम गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा एक वृद्ध र एक युवकको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान खेतको आलीबाट लडेर हेटौंडा उपमहानगरपालिका–१८, हर्नाफाँट बस्ने ७१ वर्षीय प्रेमबहादुर तुम्सिङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार बिहान ११ बजेको समयमा आफ्नो घरदेखि करिब ५०० मिटर पूर्बतर्फ छिमेकीको खेतको आलीबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा करेन्ट लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बकैया–४, स्थित माझीखोलामा रहेको नेपाल प्रेम चर्चको भवनमा वाइरिङको काम गर्ने क्रममा बागमती गाउँपालिका–९ बेतेनी घर भएका २० वर्षीय रामराज बम्जनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु गएको डीएसपी भण्डारीले जानकारी दिए । दुवै घटनाको आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?