+
+

देशका अधिकांश क्षेत्रमा एकैचोटी विद्युत अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ५ गते २०:१८

५ साउन, काठमाडौं । शनिबार साँझ देशभरको विद्युत वितरण प्रणालीमा समस्या आएको छ । काठमाडौंसहित देशको अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगर बाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको छ । उनका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो ।

‘प्रशारण लाइनको ब्याक अप नभएका कारण विद्युत अवरुद्ध भएको हो, विराटनगर वरपरबाहेक अन्य ठाउँमा समस्या भएको छ’, उनले भने ।

ढल्केबर हेटौंडा प्रशारण लाइन नबनेका कारण र लालबन्दीमा तार फेर्न नपाएका कारण अवरुद्ध भएको प्रवक्ता घोषले जानकारी दिए ।

ढल्केबर इनरुवा ४०० केभी प्रशारण लाइन बनेका कारण पूर्व क्षेत्रमा विद्युत आपूर्तिमा समस्या नरहेको उनले बताए । ‘ट्रान्समिसन लाइनमा अवरोध भएका कारण विद्युत अवरुद्ध भएको हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?