
६ साउन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
गत बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ केही घटेको छ । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज १८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4