+

नेपाल र रुसबीच पहिलो मैत्रीपूर्ण भलिबल आज

२०८१ साउन  ६ गते १२:२५ २०८१ साउन ६ गते १२:२५
नेपाल र रुसबीच पहिलो मैत्रीपूर्ण भलिबल आज

६ साउन, काठमाडौं । नेपाल र रुसबीच मैत्रीपूर्ण महिला भलिबल आज हुँदैछ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशाला कभर्ड हलमा आज साँझ ५ बजे नेपाल र रुसले आफ्नो पहिलो मैत्रीपूर्ण खेल खेल्नेछन् ।

आज र भोलि गरी २ मैत्रीपूर्ण खेल नेपालस्थित रुसी राजदूतावासको सहयोगमा हुन लागेको नेपाल भलिबल संघले जनाएको छ ।

नेपालले यस खेललाई आउँदै गरेको काभा नेसन्स लिगको तयारीका रुपमा रहेको बताएको छ ।

नेपालले साउन १७ गतेबाट घरेलु मैदानमा काभा नेसन्स लिग खेल्दै छ । यस प्रतियोगितामा भारत, इरान, श्रीलंका र माल्दिभ्सले पनि सहभागिता जनाउनेछन् ।

नेपालले खेलका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ । जसमा २ नयाँ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

नेपाली टोली :

अरुणा शाही (कप्तान), सरस्वती चौधरी, उषा भण्डारी, निरुता ठगुन्ना, पुनम चन्द, कामना विष्ट, सफिया पुन, सलिना श्रेष्ठ, संगम महतो, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी ।

दशरथ रंगशाला मैत्रीपूर्ण भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय