+
+

जुनू घिमिरेको कवितासंग्रह ‘प्रदीप्त मन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १२:२७

काठमाडौं । कवि जुनू घिमिरेको कवितासंग्रह ‘प्रदीप्त मन’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित समारोहमा कवि तथा नाटककार अशेष मल्ल, साहित्यकार डा. नवराज लम्साल, कवि तथा समालोचक शैलेन्दुप्रकाश नेपाल र छन्दकवि डा. देवी नेपालले संयुक्त रुपमा कवितासंग्रहको लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै कवि तथा नाटककार अशेष मल्लले जुनू घिमिरेका कवितामा समयको स्वर रहेको बताए । ‘उहाँका कविता सरल छन् तर वोधगम्य छन्,’ उनले भने ।

साहित्यकार डा. नवराज लम्सालले पुस्तकमा संग्रहित सरल र स्पष्ट रहेको बताए । ‘जुनू घिमिरेका कविता कचपल्टेका छैनन् र अर्थवोधका हैरानी पनि छैनन्,’ उनले भने, ‘राम्रो बनाउने नाममा अस्पष्टता र क्लिष्टता पनि छैन ।’

समीक्षक शैलेन्दुप्रकाश नेपालले जुनू घिमिरेले इमान्दारीपूर्वक कविता कोरेको बताए । अर्का समीक्षक डा. देवी नेपालले सकारात्मक सोच नै जुनू घिमिरेका कविताको विशेषता रहेको बताइन् ।

कार्यक्रममा निर्जला लम्साल, रचना दाहाल र सुशील शर्माले ‘प्रदीप्त मन’ भित्रबाट केही कविता वाचन समेत गरेका थिए ।

पुस्तकलाई जुपिटर पब्लिकेसन्सले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?