+
+

संसदमै उठ्यो उपसभामुखमाथि प्रश्न, छानबिनको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १३:२८

६ साउन, काठमाडौं । उपसभामुख इन्दिरा रानामाथि प्रतिनिधि सभाको बैठकमै प्रश्न उठेको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसका सांसद रामहरि खतिवडाले असम्बन्धित पाँच जना व्यक्तिलाई अमेरिका पठाउन उपसभामुख रानाले आफ्नो लेटरहेटड प्रयोग गरेको बताए । यसलाई उनले मानव तस्करसँग जोडेर ब्याख्या गरे ।

‘संसदसँग कुनै साइनो नभएका पाँच जना मान्छे मानव तस्करले प्रयोग गरेर अमेरिकाका भिसाको लागि अन्तरर्वार्ताका लागि प्रयोग गरेको पत्र प्राप्त भयो । यस्तो अवस्थामा उपसभामुखले अब संसदको कमाण्ड गर्न सुहाउँछ कि सुहाउँदैन ?’ सांसद खतिवडाले भने ।

प्रतिनिधि सभामा कुनै पत्र आए सभामुख हुँद महासचिव मार्फत परराष्ट्रमन्त्रालय पुग्नुपर्नेमा त्यसो नभएको भनेर उनले प्रश्न गरे । यो कसले के प्रयोजनका लागि भएको हो भनेर छानबिन गरिनुपर्ने उनको माग छ ।

उपसभामुख रानाले पनि संसदभन्दा बाहिर बसेर छानबिनका लागि सहयोग गर्नुपर्नेम उनको माग छ ।

आफैंले सिफारिस गरेका व्यक्तिलाई उपसभामुखले नचिनेको समेत भनेको उल्लेख गर्दै उनले पैसा लिएर यस्तो काम गरेको आरोप लागेको समेत बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?