+
+

अघिल्लो सरकारले भन्दा राम्रो काम गर्छौं : उपप्रधानमन्त्री सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १३:३१

६ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकारले अघिल्लोे सरकारले भन्दा राम्रो काम गर्ने दाबी गरेका छन् । मुलुकका दुई ठूला दल मिलेर सरकार बनाएकाले राजनीतिक स्थीरता पनि हुने उनको दाबी छ ।

काठमाडौंको तारकेश्वर नगरपालिकाको नयाँ प्रशासकीय भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा राजनीतिक अस्थीरता हुँदा जनचाहना अनुरुप काम नभएकाले अबको स्थीर सरकारले विगतको भन्दा राम्रो काम गरेर देखाउने बताए ।

‘अगाडिका  सरकार टिक्न सकेनन् । राजनीतिक अस्थिरता भयो । जनताको चाहनाअनुसार काम हुन सकेन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘यो सरकारले अगाडिका सरकारले भन्दा राम्रो पर्फमेन्स गर्छ । जनतामा आशा जगाउने गरी काम गर्नेछ ।’

मन्त्री सिंहले पालिकाहरु प्रत्यक्ष जनतासँग जोडिएकाले सरकार भएकाले  जनअपेक्षा अनुरुप प्रभावकारी काम गर्न ध्यान दिनुपर्ने समेत बताए ।

नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले सहज ढंगले सेवा पाउने वातावरण मिलाउन सुझाव पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?