+
+

ओलीलाई रविको जवाफ : सुरुवाती संकेतले हामीलाई झस्कायो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १५:५०

६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको सुरुवातले आफूहरुलाई झस्काएको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि प्रतिनिधिसभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै लामिछानेले ओलीसँग काम गर्ने रहर भएर अघिल्लो समिकरण बनाउन भूमिका खेलेको स्मरण गरे । सुशासनमा ओली निर्ममतापूर्वक अगाडि बढ्ने आफ्नो विश्वास डगमगाएको उनले सुनाए ।

‘सरकार फेरिएर होइन, हामीले सरकार छाड्नु परेर होइन’ उनले भने, ‘जुन संकेत सुरुवातमा देखियो, त्यसले हामीलाई झस्काएको छ ।’

‘सरकार सुरु हुने वित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, हाजिरी जमानीमा छुटेको व्यक्ति बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो’, कांग्रेस सांसद विनोद चौधरीतर्फ संकेत गर्दै उनले भने, ‘बाँसबारी छालाजुत्ताको विषयको अनुसन्धान चलिरहँदा गीतको आवाज आयो बालकोटबाट, त्यहाँ हामीलाई शंका भयो ।’

मन्त्रिपरिषद् गठनमा पनि आफूहरुले जजसको विषय उठाएको थियो, उनीहरुलाई पुरस्कार दिएको देखिएको बताए । ‘नक्कली भुटानी शरणार्थी शिविरमा पुनः अनुसन्धान सुरु भयो, मन्त्रिमण्डलमा को गयो देशलाई राम्रोसँग थाहा छ’ परराष्ट्रमन्त्री आरजु देउवा राणातर्फ संकेत गर्दै उनले भने ।

‘हामीले बालमन्दिरको विषय उठायौं, त्यहाँ पनि पुरस्कार । स्काउटको विषय हामीले उठायौं, फेरि मन्त्रिमण्डल हेर्‍यौं’ उनले अगाडि भने, ‘जहाँजहाँ हामीले विषय उठायौं, त्यहाँ त्यहाँ पुरस्कार पुरस्कार पाएपछि हामीले कसरी विश्वास गर्ने ?’

यद्यपि प्रधानमन्त्री ओलीले संसदमा प्रतिवद्धता व्यक्त गरेअनुसार भए गुण र दोषका आधारमा प्रतिपक्षमा बस्ने बताए । रास्वपा सभापति लामिछानेले भने, ‘२५ वटा काण्डमा छानबिन सुरु गर्छौं भनेका थियौं,  यो निर्णयको निरन्तरताका लागि अपील गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?