+
+

अनुसन्धान मिसिललाई डिजिटल भण्डारण गर्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १७:५०

६ साउन, काठमाडौं। नेपाल प्रहरीले अपराध अनुसन्धानका मिसिललाई डिजिटल भण्डारण गर्न थालेको छ ।

सूचना प्रविधिको बढ्दो विकासलाई अधिकतम सदुपयोग गर्दै मिसिलको डिजिटल रेकर्ड राख्ने क्रम थालिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए ।

‘अपराध अनुसन्धानका मिसिललाई इन्स्टिच्यूसनल मेमोरीमा राख्न कम्युटराइज्ड डेटाबेस तयार गर्ने उद्देश्य हो’, डीआईजी कार्कीले भने, ‘यसका लागि केस फाइल डिजिटलाइजेसन (सीएफडी) सफ्टवेयर निर्माण गरिएको छ ।’

यस सफ्टवेयरमाफृत मुद्दा चल्ने २२१ वटा प्रहरी युनिटमध्ये १९३ वटामा डिजिटलाइजेसन थालिसकिएको उनले बताए । ‘हालसम्म १ लाख ९८ हजार ५४४ मिसिलहरु सफ्टवेयरमा अपलोड गरिसकिएको छ ।’

प्रहरीको वार्षिक कार्यसम्पादन विवरण प्रस्तुत गर्न आयोजित पत्रकार सम्मेलनमा डीआईजी कार्कीले प्रहरीले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिलेख व्यवस्थापनका लागि प्रहरीमा डेटा सेन्टर समेत स्थापना गरिएको बताए ।

‘प्रहरीको त्रि–वर्षीय अपराध अनुसन्धान तथा नियन्त्रण कार्य योजना अनुरुप नेपाल प्रहरीले गर्ने अनुसन्धान तथा सम्पत्ति शुद्धिकरण विभाग र आतंकवादी क्रियाकलपामा वित्तीय लगानी निवारण सम्बन्धी अभिलेख एकैठाउँमा फेला पर्ने गरी व्यवस्थापन गर्न खोजेका हौं’, उनले भने ।

कार्कीले अपराध अनुसन्धानलाई प्रविधियुक्त बनाउँदै लैजाने नीति अनुरुप स्वचालित ‘फिंगरप्रिन्ट आइडन्टिफिकेसन सिस्टम’ लाई पनि प्रयोगमा ल्याइएको बताए ।

‘यो भनेको अपराधमा संलग्नहरुको फिंगरप्रिन्टको विवरण संकलन गरेर राख्ने प्रणाली हो’ उनले थपे, ‘स्थापनादेखि ८४ स्थापनमा जडान गरेर ०८०÷०८१ को जेठ मसान्तसम्म १ लाख २८ हजार ८०० जनाको फिंगरप्रिन्ट डेटा संकलन गरिएको छ ।’

यसबाट पटकपटक अपराधमा संलग्नहरुबारे सूचना संकलन र पुलिस क्लीयरेन्ट रिपोर्ट प्रदान गर्न समेत सहज हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?