+
+

ग्लोबल आईएमई बैंकका ग्राहकलाई इसान अस्पतालमा १० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १८:३१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले इसान बाल तथा महिला अस्पतालले दिने सेवामा १० प्रतशितसम्म छुट पाउने भएका छन् ।

बैंकका ग्राहकलाई अस्पतालले दिने सेवामा छुट प्रदान गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको शय्या, डायगोनेस्टिक, ओपीडी एवम् आकस्मिक सेवाहरूमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

यी छुटहरू पाउनका लागि बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड एवम् मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) मार्फत भुक्तानी गर्नुपर्ने छ ।

अस्पतालका निर्देशक प्रो.डा. रामनन्दन पी चौधरीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुविधा उचित दरमा उपलब्ध गराउने विषयमा सम्झौता गर्न पाएकोमा खुसी लागेको बताए ।

समझौताले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्वित गर्ने उनले स्पष्ट पारे ।

ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत पोखरेलले यस सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?