६ साउन, काठमाडौं । नेपाल र रुसबीचको पहिलो मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । रुससँग नेपाल २५–१७ २५–१९ र २५–१५ ले पराजित भयो ।
सोमबार दोस्रो खेल हुनेछ । आजको खेलमा नेपालका लागि सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यु गरे ।

नेपालस्थित रुसी दूतावासको सहयोगमा सम्पन्न भएको खेल नेपाली टोलीका लागि भने काभा नेसन्स लिगको तयारीको रुपमा रहेको छ ।
काभा नेसन्स लिग साउन १७ गतेबाट काठमाडौंमा हुनेछ ।
प्रतिक्रिया 4