+
+

ओलीलाई प्रभु साहको प्रश्न : ७० बिघा जग्गा खायो भन्नेलाई कसरी च्याप्नुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १८:५३

६ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राजनीतिक अस्थिरताको कारण नेपाली कांग्रेस र नेकपा एमाले नै भएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि बोल्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।

राजनीतिक नेताहरुको नियत राम्रो भए स्थिरता प्राप्त हुने उनको विश्वास छ ।

‘कुन सरकार छ जहाँ कांग्रेस र एमाले छैन ? संख्या तपाईंहरुसँग छ । तपाईंहरुकै गणितका आधारमा देश चलिरहको छ, जति पनि अस्थिरता छ कांग्रेस र एमालेकै इन्ट्रेस्टमा भइराखेको छ’, उनले भने, ‘गणितकै बलमा भइरहेको छ, एमाले र कांग्रेस मध्ये एउटाले सरकारको खेलमा लाग्दैन भने जसले सरकार चलाए पनि स्थिरता प्राप्त हुन्छ । तर, यहाँ छद्मभेसी पोलिटिक्स छ ।’

प्रधानमन्त्री ओलीले विश्वासको मत माग्ने क्रममा भ्रष्टाचार हुन दिन्न र सहन्न भनेको स्मरण गर्दै उनले यसमा पनि प्रश्न उठाए ।

‘भ्रष्टाचारका काण्डैकाण्ड छ । कांग्रेसका नेताहरुले एमाले नेतृत्वको सरकारमा गिरिबन्धु टि इस्टेटको विषय आएको भनेको छ । एमाले संसदीय दलको बैठकमा तपाईंले नै ७० बिघा खाएको छ भन्नुभएको छ’, साहले भने ।

यहीँनेर उनले प्रश्न गरे, ‘तपाईंले यहाँ भन्नुभयो भ्रष्टाचार गर्दिन, सहन पनि सक्दिन । तपाईंले नै आफ्नो मुखले नेपाली कांग्रेसले ७० बिघा जग्गा खायो भन्नु भएको होइन ? अनि खायो भन्नेलाई कसरी च्यापिरहनुभएको छ ?’

ओली प्रधानमन्त्री भएसँगै भारतसँगको सम्बन्ध के हुन्छ ? चुच्ने नक्सा कार्यान्वयन हुन्छ कि हुँदैन जस्ता प्रश्न उठेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?