+
+

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले सोमबार दाबी पेश गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते १९:०५

६ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले सोमबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

कांग्रेसका साथै नेकपा एमालेको समर्थनमा लामाले सोमबार दाबी पेश गर्ने भएका हुन् ।

कांग्रेस सांसद कुन्दनराज काफ्लेका अनुसार सोमबार बिहान १० बजे मुख्यमन्त्रीको दाबी पेश गरिने भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजीनामा दिएपछि दुई ठूला दलले नयाँ सरकारको दाबी गर्न लागेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आइतबार आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले ८ साउन साँझ ५ बजेसम्मको समय दिएका छन् । प्रदेश सरकार संविधानको धारा १६८ (२) अनुसार गठन हुने भएको छ ।

कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा समेत छलफल जारी रहेको काफ्लेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?