+
+

फिल्म ‘नमेटिने घाउ’मा सांसद ज्ञानेन्द्र शाहीले दिए स्वर

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ६ गते २०:२५

काठमाडौं । अभिनेता रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को डबिङ चलिरहेको छ । फिल्मका लागि सांसद ज्ञानेन्द्र शाहीले स्वर दिएका छन् । फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि विशेष भूमिका छ । ओलीले पनि केही दिनमै डबिङ गर्नेछन् ।

फिल्मले एसिड प्रभावितको कथालाई प्रस्तुत गरेको छ । एसिड आक्रमण पीडित ३३ जनाको कथालाई प्रस्तुत गरिएको निर्देशक ढुंगानाले जानकारी दिए । फिल्ममा शिवम अधिकारीको कथा, ओम सुनारको संगीत छ ।

रमित ढुंगाना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्ममा बालनरसिंह राणा, कुमुद ढुंगेल, जेआर शर्मासहित २ सयभन्दा बढी प्रहरीको अभिनय छ ।

फिल्ममा मुस्कान खातुन, प्राप्ती पौडेल, कमल देवकोटा, सन्दिपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, स्वस्तिमा कार्की, लालना चिमोरिया लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?