+
+

चितवनको जलबिरेमा माइक्रो बस दुर्घटना, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते ६:२६

७ साउन, काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको जलबिरेमा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

पूर्वनवलपरासीको कावासोतीबाट-काठमाडौं आउँदै गरेको ग १ ख ९१५५ नम्बरको माइक्रो बस आज बिहान ४ बजेतिर सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा कावासोती नगरपालिकाकी ६० वर्षीया सन्तुमाया कुमाल, ३६ वर्षीय घनश्याम न्यौपाने र १९ वर्षीय जेनिस बस्नेत घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

गुडिरहेको माइक्रोबस एक्कासी पञ्चर भएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो । त्यसक्रममा डिक्कीमा राखेका सामानहरु खसेका थिए । केही झोलाहरु नभेटिएकाले त्रिशूली नदीमा खसेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?