+
+

कलेज पढ्न १६ वर्षदेखि निरन्तर प्रवेश परीक्षा, तर अझै भएनन् पास

एजेन्सी एजेन्सी
२०८१ साउन ७ गते ८:५८

कतिपय मानिसमा पढ्ने उत्कट इच्छा त हुन्छ नै कुनै निश्चित कलेजमा भर्ना भएर पढेरै छाड्ने दृढ संकल्प पनि हुन्छ ।

चीनमा एक ३६ वर्षीय व्यक्ति त्यस्तै उदाहरणीय इच्छाशक्ति भएका मानिस हुन् । चर्चित सिंघुवा विश्वविद्यालयमा भर्ना हुनका लागि उनले पछिल्लो १६ वर्षदेखि लगातार प्रवेश परीक्षा दिइरहेका छन् । तर, विडम्बना अहिलेसम्म पनि उनी पास हुन सकेका छैनन् । त्यसैले होला उनलाई चीनका सबैभन्दा जिद्दी मानिसको रुपमा चिन्न थालिएको छ ।

तांग शांगजुन नामक ती व्यक्तिले चीनको सबैभन्दा कठिन मानिने कलेजमा पढ्न कालगि उनले पहिलोपटक सन् २००९ मा प्रवेश परीक्षा दिएका थिए । त्यसबेला उनले कुल ७५० पूर्णाङ्कमा ३७२ अंक प्राप्त गरे । त्यो अंक उनको सपनाको विश्वविद्यालयको रुपमा रहेको सिंघुवा विश्वविद्यालयमा भर्ना पाउनका लागि निकै कम सावित भयो । त्यति अंकले उनी अन्य सामान्य कलेजमा भर्ना पाउन सक्थे । तर उनको चाहना चाहिं सिंघुवामै पढ्नु थियो । त्यसैले उनले आफ्ना इच्छा पूरा गर्नका लागि लगातार परीक्षा दिइरहे ।

सन् २०१६ सम्ममा उनको प्रवेश परीक्षा अंक सम्मानजनक रुपमा ६२५ आएको थियो । त्यो अंकले उनी आफ्नो गृहप्रान्त गुआंक्सीका विभिन्न विश्वविद्यालयमा भर्ना पाउन सक्थे । तर उनी आफ्नो सुरुवाती रोजाइमा टिकिरहे र अन्य कलेजहरुलाई नजरअन्दाज गरे ।

सन् २०१९ मा तांगले ७५० पूर्णांकमा ६४९ अंक प्राप्त गरे । त्यो अंकबाट उनले सिंघुवामा भर्ना पाउन सक्दथे । तर विडम्बना उनले भर्ना हुन चाहेका दुईवटा प्रमुख विषय भौतिक विज्ञान र रसायन विज्ञान पढ्नका लागि चाहिं त्यो अंक पर्याप्त भएन । अन्य सामान्य विषयमा भर्ना भएर पढ्न उनको मनले मानेन । त्यसैले अहिलेसम्म पनि उनले सिंघुवा विश्वविद्यालयमा भर्ना हुन पाएका छैनन् । अझ पछिल्ला वर्षहरूमा त उनको बढ्दो उमेरसँगै प्रवेश परीक्षामा प्राप्त अंक नै कम हुँदै गएको छ ।

तांगका विषयमा टिप्पणी गर्दै चीनको शिक्षा अनुसन्धान संस्थानका निर्देशक भन्छन्- देशको शीर्ष प्रतिष्ठित विश्वविद्यायमा भर्ना पाउनु एक ठुलो सफलता हो भन्ने उनलाई लागेको छ । यसबाट राम्रो जीवन जीउन मद्दत मिल्छ भन्ने उनको विश्वास छ । तर, जीवनमा सफल हुने विभिन्न तरिका छन् । आफ्नो क्षमताभन्दा बाहिरको कुनै लक्ष्य लिएर जिद्दी गरिरहँदा कहिलेकाही नराम्रोसँग असफलता हात लाग्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?