+
+

कमला ह्यारिसको समर्थनमा उभिए प्रबल गुरुङ, भन्छन्- यो समय ‘म्याडम प्रेसिडेन्ट’को

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते ११:५७

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिंदै गर्दा सेलिब्रेटी पनि उम्मेदवारको पक्षमा खुल्ने क्रम जारी छ । वर्तमान राष्ट्रपति जो बाइडेनले चुनाव नलड्ने घोषणा गरेपछि हलिउड कलाकारले यसको स्वागत गरेका छन् ।

आरोन सोर्किन, रोबर्ट डी निरो र बारब्रा स्ट्रिस्यान्ड लगायतका सेलिब्रेटीले पछि हट्ने बाइडेनको निर्णयलाई स्वागत गर्दै आफूहरु वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा उभिएको जनाएका छन् ।

डोनाल्ड ट्रम्पको मुखर आलोचक र बाइडेनको अभियानका समर्थक रोबर्ट डी निरोले बाइडेनले पछि हट्ने निर्णय गरेपछि आफूले यसलाई लिएर सम्मान, प्रशंसा र स्नेह महसुस गरेको बताए ।

यसैबीच, नेपालीमूलका विश्वचर्चित अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ कमला ह्यारिसको पक्षमा खुलेका छन् । ह्यारिससँगको पुरानो तस्वीर सेयर गर्दै गुरुङले पहिलो महिला अमेरिकी राष्ट्रपतिको रुपमा हेर्न चाहेको उल्लेख गरेका छन् ।

गुरुङ लेख्छन्, ‘हामीलाई त्यतिबेलै थाहा थियो र अहिले यही देख्दैछौं । यो समय म्याडम प्रेसिडेन्टको हो । अघि बढौं ।’ ह्यारिस आफूहरु सबैका लागि सम्भावनाको प्रकाश रहेको उल्लेख गर्दै गुरुङले नेपालबाट आएको यो गहुँगोरो वर्णको यो केटो यो सपनाको हिस्सा बन्ला भनेर कहिल्यै पनि सोचेको थिएन ।’

ह्यारिसले अमेरिकी संयुक्त संसदको बैठकमा गत वर्ष गुरुङले डिजाइन गरेको पहिरन लगाएर सहभागी भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?