+

भिटामिन बी किन आवश्यक छ, कुन-कुन खानेकुरामा पाइन्छ ?

२०८१ साउन  ७ गते १४:०६ २०८१ साउन ७ गते १४:०६
भिटामिन बी किन आवश्यक छ, कुन-कुन खानेकुरामा पाइन्छ ?

शरीर स्वस्थ रहन अन्य पोषक तत्व जस्तै भिटामिन बीको पनि महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन बीले शरीरको कोषले गर्ने काममा मद्दत गर्छ । यसकै मद्दतले खानेकुरा शक्तिमा परिवर्तन हुन्छ र नयाँ रक्तकोष बन्छ । छालाको कोष, दिमागको कोष र शरीरका अन्य तन्तुलाई सन्तुलन गर्ने तत्व भिटामिन बी हो ।

भिटामिन बी एउटा भएपनि यसभित्र धेरै प्रकार छन् । प्रत्येकको काम छुट्टै छ ।

यसको प्रकार, कार्य र स्रोत

भिटामिन बी वान (थियामिन) 

हामीले खाएको खानेकुराबाट बन्ने ग्लुकोजलाई ऊर्जामा बदल्ने काम भिटामिन बी वानले गर्छ । यसले स्नायु, हर्मोनको कार्यमा पनि मद्दत गर्छ । मस्तिष्क, मिर्गौला र कलेजोमा उच्च मात्रामा भिटामिन बी चाहिन्छ ।

कमी हुँदा देखिने लक्षण

भिटामिन बी वानको कमीले पाचनमा समस्या, झर्को लाग्ने, स्नायुसम्बन्धी समस्या, बान्ता हुने, धमिलो देख्ने, थकान, हातखुट्टा झमझम गर्ने समस्या देखिन्छ ।

स्रोत

भिटामिन बी वान होलग्रेन, ड्राइफ्रुट, बंगुर, पास्ता, चामल, ट्राउट माछा, भटमास लगायत खानेकुराबाट प्राप्त गर्न सकिन्छ ।

भिटामिन बी टु (रिबोफ्लाभिन)

यो भिटामिनको कार्य भनेको शरीरमा ऊर्जा उत्पादनमा मद्दत गर्ने, आँखाको ज्योति र छालाको स्वस्थतालाई यथावत राख्नु हो ।

कमी हुँदा देखिने लक्षण

थकान, डिप्रेसन, खानेकुरा निल्न गाह्रो हुने, छाला फुट्ने र चिलाउने, मुख वरपरको छालामा समस्या देखिने समस्या हुन्छ ।

स्रोत

दूध, दही, अण्डाको सेतो भाग, हरियो सागसब्जी, मासु भिटामिन बी टुका स्रोत हुन् ।

भिटामिन बी थ्री (नियासिन)

यसले कार्बोहाइड्रेट र फ्याटलाई ऊर्जामा रुपान्तरण गर्छ । जसकारण पाचन, छाला र स्नायुप्रणालीलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

कमी हुँदा देखिने लक्षण

भिटामिन बी थ्रीको कमी भएमा छाला सुन्निने, डिम्नेसिया, मुख सुक्खा हुने, जिब्रो रातो हुने, कब्जियत हुने, टाउको दुख्ने, रक्तसञ्चारमा समस्या, डायरिया हुने जस्ता समस्या देखा पर्छन् ।

स्रोत

माछा, मासु, दूध, अण्डा, ड्राइफ्रुट, च्याउ र प्रोटिनयुक्त खानेकुरामा भिटामिन बी थ्री पाइन्छ ।

भिटामिन बी फाइभ (प्यान्टोथेनिक एसिड)

भिटामिन बी फाइभमा हुने प्यान्टोथेनिक एसिड कार्बोहाइड्रेट, प्रोटिन, बोसोलाई ऊर्जामा बदल्न, रातो रक्तकोष र स्टोरियोड हर्मोनलाई उत्पादन गर्न आवश्यक छ ।

कमी हुँदा देखिने लक्षण

भिटामिन बी फाइभको कमी विरलै मात्रामा हुन्छ । यदि भएमा थकान, डिप्रेसन, पेट दुखाइ, खुट्टा पोल्नु, इन्सोमेनियाको समस्या देखिन्छन् ।

स्रोत

मासु, दूध, अण्डा,  च्याउ, सूर्यमुखीको बियाँ र एभोकाडो भिटामिन बी थ्रीको स्रोत हुन् ।

भिटामिन बी सिक्स

प्रोटिन र कार्बोहाइड्रेटको मेटाबोलिजम, रातो रक्तकोषिका र केही मस्तिष्क रसायनहरुको कार्यका लागि आवश्यक छ । यसले मस्तिष्क प्रक्रिया तथा विकास, प्रतिरक्षा कार्य र स्टेरोइड हर्मोनको गतिविधिलाई प्रभाव पार्छ ।

कमी हुँदा देखिने लक्षण

छाला चिलाउनु, रातो हु्नु र पोल्नु, हात र खुट्टामा सियोले घोचे जस्तो हुनु, जिब्रो सुक्खा र रातो हुनु, कतिपयलाई छारेको लक्षण देखिन सक्छ ।

स्रोत

माछा, मासु, आलु, गेडागुडी, केरा, मेवा र गाढा हरियो भएका साग तथा फलफूलमा भिटामिन बी सिक्स पाइन्छ ।

भिटामिन बी सेभेन (बायोटिन)

खानेकुरालाई ऊर्जामा लाने, फ्याट, एमिनो एसिड र ग्लाइकोजन संश्लेषणको लागि यो भिटामिन आवश्यक छ । उच्च बायोटिनयुक्त खानेकुराले रगतमा कोलेस्टेरोल स्तर नियन्त्रण गर्न मद्दत गर्छ ।

कमी हुँदा देखिने लक्षण

भिटामिन बी सेभेनले कपाल झर्ने, मांसपेशी दुखाइ, कपाल झर्ने, नङ भाँचिने,डिप्रेसन जस्ता समस्या हुन्छ ।

स्रोत

अण्डा, गेडागुडी, ड्राईफ्रुट, सक्खरखण्ड, च्याउ, केरा, ब्रोकाउली र एभोकाडो यसका प्रमुख स्रोत हुन् ।

भिटामिन बी नाइन (फोलेट)

भिटामिन बी नाइनमा फोलेट वा फोलिक एसिड हुन्छ । यसको कार्य भनेको रातो रक्तकोषिका बनाउनु हो, जसले शरीरभर अक्सिजन पुर्‍याउँछ । यसले भ्रूणको स्नायु प्रणालीको विकास, साथै डीएनए संश्लेषण र कोषको वृद्धिमा मद्दत गर्छ । त्यसैले गर्भावस्थाको पहिलो त्रैमासिकसम्म फोलिक एसिड दिइन्छ ।

कमी हुँदा देखिने लक्षण

भिटामिन बी नाइनको कमीले थकान, जिब्रो सुन्निनु, रक्तअल्पताको समस्या आउन सक्छ ।

स्रोत

हरियो पत्तेदार तरकारी, फलफूल, कुखुरा, अण्डा यसका स्रोत हुन् ।

भिटामिन बी ट्वेल्भ

यो भिटामिनले स्नायु कोषिका, मानसिक क्षमता, रातो रक्तकोषिका बनाउन र ऊर्जा उत्पादन गर्न केही फ्याटी एसिड र एमिनो एसिड टुक्राउन मद्दत गर्छ ।

कमी हुँदा देखिने लक्षण

भिटामिन बी ट्वेल्भ थकान, अनुहारको रंग पहेंलो हुने, टाउको दुख्ने, डिप्रेसन, पाचनसम्बन्धी समस्या, मांसपेशी दुखाइ वा कमजोर हुने, आँखामा समस्या हुनसक्छ ।

स्रोत

 माछामासु, गेडागुडी, एभोकाडो, दूधजन्य खानेकुरा, अण्डा, आलस जस्ता खानेकुरा यसका स्रोत हुन् ।

बी कमप्लेक्स के हो ?

यी आठ प्रकारको भिटामिन मिलेर बनेको समूहलाई भिटामिन बी कमप्लेक्स भनिन्छ । एउटै खानेकुरामा पनि धेरैजसो भिटामिन बी पाइन्छ । धेरैजसोले थरीथरीका पोषक तत्व रहेका खानेकुराबाट पर्याप्त भिटामिन बी लिइरहेका हुन्छन् । यद्यपि,  दैनिक खाने खानेकुराबाट यी भिटामिन नपाएकाहरुमा भिटामिन बी एउटा विकल्प हुनसक्छ ।

भिटामिन बीको अभाव किन हुन्छ ?

दीर्घरोग, मदिरा अत्यधिक सेवन, केही वंशाणुगत रोग, शाकाहारी हुनु तर अन्य पोषिलो तत्व कम खानु, पाचनमा समस्या, खानपानमा ध्यान नदिनु, अतिप्रशोधित खानेकुराले पनि भिटामिन बीको अभाव गराउन सक्छ ।

कस्तोलाई सप्लिमेन्ट आवश्यक पर्छ ?

६५ वर्षमाथि उमेरका व्यक्तिको शरीरले भिटामिन सोस्ने क्षमता कम हुन्छ । त्यस्तै पाचन रोग, न्युरोप्याथी समस्या, रक्तअल्पता, गर्भावस्था लागि भिटामिन बी सप्लिमेन्ट आवश्यक हुन्छ, जुन चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ ।

आहार तथा पोषण डा. अनाम प्याकुरेल भिटामिन बी स्वास्थ्य
डा. अनाम प्याकुरेल
लेखक
डा. अनाम प्याकुरेल
जनरल प्राक्टिसनर

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३९६४ अध्ययन : एमबीबीएस हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत, बुवाकेयरका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?