+
+

सर्भरमा समस्या हुँदा देशभरिका यातायात कार्यालयको सेवा प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १४:१९

७ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरिका यातायात कार्यालयको सेवा प्रभावित भएको छ ।

सरकारी डेटा तथा अनलाइन गतिविधिको सञ्चालन तथा नियन्त्रण केन्द्रीय विभाग सिंहदरबारको सर्भरमा समस्या आएपछि सबै यातायात कार्यालयहरूको अनलाइन सिस्टममा समस्या आएको हो ।

शुक्रबारदेखि नै केही सुस्त चलेको सर्भ आइतबार समस्या हुँदै सेवा सञ्चालन भए पनि सोमबार भने बिहानदेखि नै सेवा पूर्णरूपमा अवरुद्ध भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए ।

अहिले प्राविधिकहरूले समस्या समाधान गर्ने प्रयास गरिरहेको समेत उनले बताए ।

सोमबार पनि सर्भर पूरै डाउन भने नभएको र धेरै नै सुस्त गतिमा केही कामहरू सञ्चालनमा भएपनि सेवाग्राहीको सेवा प्रवाहमा भने समस्या रहेको उनले बताए ।

सोमबार सवारी जाँचपास, दर्ता तथा नवीकरण लगायतका सेवा प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?