+
+

प्रहरीका ८०२ युनिटमा छैन शौचालय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १४:५४

७ साउन, काठमाडौं। नेपाल प्रहरीका ८०२ युनिट (कार्यालय) शौचालयविहीन छन् । देशभर नेपाल प्रहरीका २ हजार ६६० प्रहरी इकाई तथा कार्यालयहरूमध्ये ८०२ प्रहरी इकाई अहिलेसम्म पनि शौचालयबिहिन रहेका छन् ।

प्रहरी इकाई शौचालयबिहिन हुँदा त्यहाँ कार्यरत प्रहरी कर्मचारीले सास्ती खेप्नुका साथैं दैनिक काम कारबाहीमा समेत बाधा पर्ने गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले शौचालय नहुँदा प्रहरी कर्मचारीलाई सास्ती खेप्नु परेको गुनासो आउने गरेको बताए ।

‘भन्न पनि लाजमर्दो अवस्था छ । अझै ८०२ प्रहरी इकाईहरुमा शौचालय छैन । शौचालय नुहँदा प्रहरीले खेप्नु परेको समस्या छँदैछ त्यहाँमाथि दैनिक पुलिसिङमा समेत असर पर्ने गरेको छ’ प्रवक्ता कार्कीले भने ।

प्रहरीको रिर्पोटअनुसार दुर्गम क्षेत्रका प्रहरी चौकीहरुमा तथा व्यक्तिको घरमा अस्थायी रुपमा बसेका चौकीहरुमा विशेषगरी यो समस्या देखिएको छ । शौचालय नुहँदा छिमेकीको शौचालयमा शौच गर्न जानु पर्ने बाध्यतामा प्रहरीहरु छन् ।

त्यसैगरी ८३३ प्रहरी इकाईहरुमा मेश नै भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयले देशभर संकलन गरेको रिपोर्ट अनुसार देशभरका २ हजार ६६० प्रहरी इकाईहरु मध्ये ८३३ इकाईहरु मेशबिहिन छन् ।

१ हजार ४२ प्रहरी इकाई जग्गाबिहिन छन् । आफ्नो कार्यालय नै नभएका प्रहरी इकाईको संख्या ७९१ छ भने ब्यारेक नभएका प्रहरी कार्यालयको संख्या ८४३ रहेको प्रवक्ता कार्कीले बताए ।

३७० प्रहरी कार्यालउहरु भने अहिले पनि भाडामा सञ्चालन भइरहेका छन् । ४२१ प्रहरी कार्यालयहरु भने अन्य निकायको भवनमा आश्रित रही सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?