+
+

ह्विलचेयर नृत्य हेरेर रमाइन् मनिषा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १७:०१

काठमाडौं । ‘हीरामण्डी’ स्टार मनिषा कोइराला पछिल्लो समय काठमाडौंस्थित घरमा छिन् । सञ्जयलीला भन्सालीले सिरिजको दोस्रो श्रृंखला घोषणा गरिसकेका छन् । यसमा मनिषाको भूमिका अझै प्रभावशाली हुने अपेक्षा छ ।

काठमाडौंमा रहँदा मनिषाको दैनिकी परिवारसँग भेटघाट, सामाजिक अन्तरक्रिया र पदयात्रामा बितिरहेको छ । मनसुनलगत्तै उनी खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि त्यता जाँदैछिन् । केही दिनको बसाइमा उनले आफूमार्फत उक्त क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्‍याउने कार्यक्रम छ ।

आइतबार मनिषाले काठमाडौंमा फरक क्षमता भएका अपांगता भएका बालबालिकासँग समय बिताइन् । अपांगको क्षेत्रमा कार्य गर्दै आएको सामाजिक संस्था बीआईएको नवौं वार्षिकोत्सवमा मनिषा गेस्ट अफ अनर र अस्ट्रेलियाली राजदूत फेलिसिटी भल्क प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

उक्त अवसरमा अपांगता भएका बालबालिकाले ह्विलचेयरमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिए । उनीहरुले बालबालिकाको प्रतिभाको प्रशंसा गर्दै उनीहरुको प्रतिभा प्रस्टफुटन र सामाजिक वृत्तिविकासमा सघाउने वचन दिए । राजदूत भल्कले समुदायसँग कार्य गर्दै आएको संस्थासँग सहकार्य गर्न पाउँदा दूतावासले गर्व महसुस गरेको बताइन् ।

संस्थाका कार्यकारी निर्देशक गोकर्ण ढुंगानाले आश्रित बालबालिकासँग अभिनेत्री कोइराला र राजदूत भल्कले रमाइलो समय व्यतीत गरेको बताए । अभिनेता राजेश हमालले पनि बेलाबेलामा बीआईए पुगेर आश्रित बालबालिकासँग समय बिताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?