+

दोस्रो मैत्रीपूर्ण भलिबलमा पनि नेपाल रुससँग पराजित

२०८१ साउन  ७ गते १८:०० २०८१ साउन ७ गते १८:००
दोस्रो मैत्रीपूर्ण भलिबलमा पनि नेपाल रुससँग पराजित

७ साउन, काठमाडौं । नेपाल र रुसबीचको दोस्रो मैत्रीपूर्ण महिला भलिबलमा पनि नेपाल पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपाल २५–१४, २५–२३ र २५–२२ को सोझो सेटमा पराजित भएको हो ।

आइतबार भएको पहिलो खेलमा पनि नेपाल ३–० ले नै पराजित भएको थियो ।

नेपालस्थित रुसी दूतावासको सहयोगमा सम्पन्न भएको यो खेल नेपाली टोलीको लागि भने काभा नेसन्स लिगको तयारीको रुपमा रहेको थियो ।

काभा नेसन्स लिग साउन १७ गतेबाट काठमाडौंमा हुनेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

नेपाल मैत्रीपूर्ण महिला भलिबल रुस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय