+
+

सामसङले सुरु गर्‍यो ओलम्पिक खेल्ने नेपाली खेलाडीलाई सन्देश पठाउन सकिने वेबसाइट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १८:२६

काठमाडौं । सामसङ नेपालले पेरिस ओलम्पिक–२०२४ मा सहभागी हुने नेपाली खेलाडीहरूलाई समर्थन जनाउन नयाँ वेबसाइट सुरु गरेको छ ।

आफूलाई मन पर्ने ओलम्पिक खेलाडीहरूसँग जोड्नका लागि नयाँ वेबसाइट सुरु गरेको कम्पनीले जनाएको छ ।

सामसङले खेलाडी र समर्थकहरू बीचको सम्बन्ध प्रगाढ बढाउनका लागि वेबसाइट सुरु गरेको जनाएको छ ।

यस प्लेटफर्मको माध्यमबाट पेरिस २०२४ ओलम्पिकमा विजय प्राप्त गर्नका लागि यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने प्रयासमा प्रशंसक र शुभचिन्तकबाट व्यक्तिगत सन्देशहरू पठाउन सकिने छ ।

आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन नयाँ वेबपेजमा गएर मन परेको खेलाडीलाई छानी सन्देश र नाम टाइप गरी पठाउन सकिने कम्पनीले जनाएको छ ।

पेरिस २०२४ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानु अघि समर्थकहरूको सन्देश पढ्नका लागि खेलाडीहरूलाई पढ्नका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

नेपाली खेलाडीहरूलाई आफ्नो विशेष समर्थनसहितको सन्देश www.samsungplaza.com.np/olympics वेबसाइटमार्फत पठाउन सकिनेछ ।

समर्थकहरूको सन्देशले खेलाडीहरूको मनोबल बढाउन र उत्प्रेरित गर्ने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?