+
+

अवस्था परिवर्तनका लागि नयाँ गठबन्धन : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ७ गते १९:१३

७ साउन, गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थिर सरकार बनाएर मुलुकलाई समृद्ध बनाउन नयाँ गठबन्धन बनेको बताएका छन् ।

सोमबार प्रेस चौतारी नेपाल गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले स्थिरता सहित जनताको अवस्था परिवर्तनका लागि नयाँ गठबन्धनको सरकार बनेको बताएका हुन् ।

उनले भने, ‘मुलुकलाई सबै क्षेत्रमा गतिशील बनाउन, विकास निर्माणमा भएको बेथिति हटाउन र विकासको गतिमा तीव्रता दिन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएर सरकार बनेको हो ।’

मुलुकमा देखिएको बाह्य जोखिम र विचलनलाई अन्त्य गरी राष्ट्रिय हितको सम्बर्द्धनका लागि एमाले सरकारमा गएको ज्ञवालीले बताए ।

राष्ट्रिय हित, देशको अर्थतन्त्रको सुधार, सुशासन कायम र राजनीतिक स्थिरताका लागि यो सरकार गठन भएको ज्ञवालीको तर्क छ । पछिल्लो समय युवामा निरासा पैदा भएको बताउँदै नेता ज्ञवालीले देशको अवस्थालाई परिवर्तन गरेर मुलुकलाई समृद्ध बनाउन एमाले पार्टी सदैव लाग्ने बताए ।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा ठूला दललाई पालैपालो उपयोग सरकार टिकाइराख्छु भन्ने भ्रम थियो,’ ज्ञवालीले भने, ‘मुलुक गहिरो संकटबाट जोगाउनका निम्ति नयाँ कोर्स सुरु भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?