
७ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षकमा सिफारिस भएका छन् ।
सोमबार गृह मन्त्रालयका सचिवको नेतृत्वमा हुने बढुवा सिफारिस समितिको बैठकले जोशीलाई एआईजीमा सिफारिस गरेको हो ।
एआईजी उमेशराज जोशी अवकाश भएपछि रिक्त पदमा जोशी सिफारिस भएका हुन् । यसअघि डीआईजी पोषराज पोखरेल पनि एआईजीमा सिफारिस भएका थिए । तर उनी एआईजी नियुक्त नहुँदै अवकाशमा गएका थिए ।
हेर्नुहोस् गृह मन्त्रालयको सिफारिस :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4