+
+

गुल्मीमा ७४ प्रतिशत धान रोपाइँ

अनिल खत्री अनिल खत्री
२०८१ साउन ८ गते १२:२६

८ साउन, गुल्मी । गुल्मीमा हालसम्म ७४ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार गुल्मीमा जेठको अन्तिम साताबाट रोपाइँ सुरु गरेर साउन महिनाभर बर्खे धान रोपिन्छ ।

गुल्मीमा कुल ९ हजार १५३ हेक्टरमा धान खेती गरिंदै आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार त्यसमध्ये ४४५ हेक्टर क्षेत्रफलमा चैते धान रोपिन्छ ।

जिल्लामा हाल ३ हजार ६२६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । ६ हजार ६९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ ।

गुल्मीमा रामधान, खुमल ४, खुमल ६, खुमल १०, हंसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान रोविने गरेको छ । हाइब्रिड जातमा च्याम्पियन, शंकर, उपज लगायत धान रोपिनृ भण्डारीले बताए ।

यस वर्ष कृषि ज्ञान केन्द्रले रैथाने बाली संरक्षण गर्न भन्दै धानको बीउ समेत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?