+
+

नाबालिकाको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १२:५१

८ साउन, काठमाडौं । नाबालिकाको अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जनालाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडौं बस्दै आएका २० वर्षीय मोहम्द जे एच अजवान रहेका छन् । उनले नाबालिकालाई फेसबुकमा साथी बनाएर विभिन्न प्रलोभन देखाइ अश्लिल भिडियो तथा फोटो पठाउन लगाएका थिए । त्यसपछि त्यही भिडियो र फोटोमार्फत ब्ल्याकमेलिङ गरेको र चरित्र हत्या समेत गरेको पाइएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका अजवानविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?