+
+

सुनुवाइ समितिमा रास्वपाबाट स्वर्णिम वाग्लेको सट्टा डीपी अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १६:२५

८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइ समितिमा पार्टीको तर्फबाट सदस्य हेरफेर गरेको छ ।

यसअघि समितिमा रहेका स्वर्णिम वाग्लेलाई हटाएर रास्वपाले डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई लगिएको हो ।

रास्वपाको आग्रह अनुसार समिति सदस्यको हेरफेर सम्बन्धी प्रस्ताव मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

सुनुवाइ समितिमा रहेका रमेश लेखक गृहमन्त्री भएपछि कांग्रेसले पनि रिक्त रहेको स्थानमा श्याम कुमार घिमिरेलाई पठाएको छ । घिमिरे कांग्रेसको प्रमुख सचेतकको जिम्मेवारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?