+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १७:२२

८ साउन, काठमाडौं । मंगलबार सेयर बजारमा कुल १४ अर्ब ११ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कुल कारोबारमा टप १० ब्रोकर कम्पनीहरूको अंश ३५ प्रतिशत रहँदै आएको छ ।

टप १० ब्रोकर कम्पनीहरुले मंगलबार ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको धितोपत्र खरिद गर्दा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको बिक्री गरेका छन् ।

टप १० ब्रोकर कम्पनीमध्ये मंगलबार ६ कम्पनीमार्फत खरिद धेरै भएको छ भने ४ वटामार्फत बिक्री धेरै भएको छ । बिक्रीभन्दा खरिद धेरै गरेका ब्रोकर कम्पनीहरुमा नासा, भिजन, अनलाइन, सनी, डायनामिक र दिपशिखा छन् । त्यस्तै बिक्री धेरै गरेका कम्पनीहरुमा इम्पेरियल, एबीसी, आर्यतारा र अग्रवाल सेक्युरिटिज छन् ।

यस दिन पनि सबैभन्दा धेरै कारोबार गरेको नासा सेक्युरिटिजमार्फत ८९ करोड ७३ लाख रुपैयाँ बराबरको खरिद हुँदा ६७ करोड ६ लाख रुपैयाँ बराबरको बिक्री भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?