+
+

पूर्वमुख्यमन्त्रीले धम्क्याएको भन्दै प्रशासनमा सचिवको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ८ गते १९:०८

८ साउन,  काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सांसद केदार कार्कीमाथि कर्मचारीलाई धम्क्याएको आरोप लागेको छ । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई पूर्वमुख्यमन्त्री कार्कीले फोनमार्फत कुटिपिट गरेर शौचालयमा थुन्ने धम्की दिएको आरोप लगाएका छन् ।

सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टरलाई एक निवेदन दिंदै उनले जीउ धनको रक्षा र शान्ति सुरक्षाको माग गरेका छन् भने दोषीमाथि कारवाही गर्न आग्रह गरेका छन् ।

सोमबार अपरान्ह ४ः५३ बजे विरोट गोल्ड कपको विषयलाई लिएर तथानाम गालीगलौज गरेको उनको निवेदनमा उल्लेख छ । ‘मात्रिका यादवले सचिवलाई कुटेर शौचालयमा थनेको याद होला, म पनि तलाईं मन्त्रालयमा आएर कुट्छु, शौचालयमा थुन्छु’ भन्दै गालीगलौज गरेको सचिव भट्टराईको दाबी छ ।

उनले कल डिटेलका आधारमा अनुसन्धान गरी कार्कीलाई कारवाही गर्न माग गरेका छन् । भट्टराईले सो निवेदनको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीमा पनि दिएका छन् ।

केही खेलकुद प्रतियोगिताको बजेट भुक्तानी गर्न कार्कीले दबाब दिंदै आएका थिए । तर, मन्त्रालयले विभिन्न कारण देखाएर ढिलाइ गरेपछि कार्कीले फोन गरेका थिए । कार्कीले भने निकटस्थहरुसँग आफूले सचिवलाई सम्झाएको भए पनि नधम्क्याएको दाबी गरेका छन् ।

कार्कीले मुख्यमन्त्री भएपछि पहिलो बेच्नमा बस्नेहरु खरिदार भएको र आफू ‘ब्याक बेन्चर’ भएपनि मुख्यमन्त्री बनेको अभिव्यक्ति दिएपछि कर्मचारीहरुले विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?