+
+

मुख्यमन्त्री आचार्यले लिए शपथ, लीला गिरी गएनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते ९:१९

९ साउन, बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिएका छन् । सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले आज बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएका हुन् । आचार्य एमाले संसदीय दलको उपनेता हुन् ।

मुख्यमन्त्री आचार्यको शपथमा एमाले संसदीय दलका नेता लीला गिरी भने अनुपस्थित भए । लिला गिरी पूर्व मुख्यमन्त्रीसमेत हुन् । अन्य पूर्व मुख्यमन्त्रीहरु शपथ ग्रहण समारोहमा सहभागी भए पनि गिरी भने सहभागी भएनन् ।

दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टी महासचिव शंकर पोखरेलको जोडबलमा मुख्यन्त्री बनाइएपछि गिरी रुष्ट बनेका छन् ।

गिरी निकट एक एमाले सांसदले भने गिरी अस्वस्थ भएका कारण शपथ ग्रहण कार्यक्रममा जान नसकेको दाबी गरे ।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?