+
+

‘जोकर २’ को दोस्रो ट्रेलर सार्वजनिक, फिल्म दशैंमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १३:५६

काठमाडौं । पाँच वर्षअघि ‘जोकर’ आउँदा विश्व बक्स अफिसमा आँधी आएको थियो । सबैको प्रिय र सन्की जोकर अब दुई कदम अघि बढेको छ । यस वर्षको प्रतीक्षित हलिउड फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।

‘जोकर : फोली अ डु’ शीर्षक राखिएको दोस्रो श्रृंखलामा हार्ले क्वीन र आर्थक फ्लेक नामक दुई पात्र छन् । आर्थरको भूमिकामा जोकिन फिनिक्स र चर्चित गायिका लेडी गागाले हार्ले क्वीनको रोलमा अभिनय गरेका छन् ।

दुई मिनेट ५० सेकेन्ड लामो यो दोस्रो ट्रेलरमा जेल सजाय पाएर ‘जोकर’ जेलमा परेपछि उसका फ्यान मर्न तयार रहेको देखाइएको छ । यी प्रेमीमध्ये एक लेडी गागा एक हुन्, जसले आर्थक फ्लेकलाई मद्दत गर्छिन् र उनीसँगै अपराध गर्न तयारी हुन्छिन् ।

फिल्ममा दुवैको दमदार अभिनयसँगै रोमान्स पनि देख्न सकिनेछ । दुवै पात्र बाहिरबाट निर्दोष देखिएपनि भित्रभित्रै उनीहरुको रहस्य लुकेको छ । यीमध्ये कुन चाहिं बदमास हुन् भन्ने कुरा बुझ्न फिल्म हेरेपछि मात्र थाहा हुनेछ ।

‘जोकर २’ को ट्रेलरमा दर्शकको प्रतिक्रिया आइरहेको छ । धेरैले यो फिल्म आगामी ओस्कार अवार्डको हकदार रहेको लेखेका छन् । गागा र फिनिक्सको अभिनयको प्रशंसा पनि भइरहेको छ ।

टड फिलिप्स निर्देशित यो फिल्म अक्टोबर ४ (असोज १८ गते, दशैंको घटस्थापना)को भोलिपल्ट रिलिज हुनेछ । यो फिल्मको विश्व प्रिमियर यस वर्षको विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?