+
+

यामाहा एरोक्स स्कुटर चढेर ओझाले गरे काठमाडौंदेखि लद्दाखसम्मको यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १४:२१

काठमाडौं । सोलो ट्राभलर अवशिस ओझाले यामाहा एरोक्स १५५ स्कुटरबाट काठमाडौंदेखि भारतको लद्दाखसम्मको एकल यात्रा सफलतापूर्वक गरेका छन् ।

उनले केवल ११ दिनमा ५ हजारभन्दा बढी किलोमिटर यात्रा गरेका थिए । ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्नो दृढ संकल्प र प्रमाणको रूपमा खडा गरेका थिए ।

आफ्नो यात्राका क्रममा उनले विभिन्न भूभाग र मौसमको सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भूत प्राकृतिक परिदृश्यहरूसँग आफूलाई जोड्दै ती सुन्दर ठाउँहरलाई गहिरो रूपमा आत्मसात गरेका थिए ।

यो कठिन यात्रामा यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित गरेको कम्पनीको भनाइ छ ।

एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गरेको कम्पनीले जनाएको छ । साथै यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले ओझालाई घुमाउरो पहाडी सडकहरूमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो । यसको अतिरिक्त, स्कुटरको आरामदायी सिट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घण्टौं समयसम्म यात्रा गर्न सक्ने कुराको  सुनिश्चितता गर्‍यो ।

एमएडब्लू राइडकी सीएमओ पुनम सिंहले ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गरिन् । उल्लेखनीय यात्रा पूरा गरेकोमा उनीप्रति आफूहरू असाध्यै गौरवान्वित भएको उनले बताइन् ।

एडभान्स लिक्विइड कुल्ड इन्जिन, आधुनिक एफआई टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाले अवशिसको यात्रालाई सफल बनाउनुका साथै स्कुटरको क्षमतालाई पनि हाइलाइट गरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?