+
+

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइमा पत्रकारलाई प्रवेश दिइएन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १४:२१

९ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको सुनुवाइ गोप्य राखिएको छ ।

बुधबार सुनुवाइ समितिमा प्रधानले आफ्नो कार्ययोजना सुनाएपछि सांसदहरुसँगको प्रश्नोत्तर भने गोप्य राखिएको हो ।

कार्ययोजना प्रस्तुत गर्दा समिति बैठकमा रिपोर्टिङका लागि पत्रकारलाई प्रवेश दिइएको थियो भने त्यसपछि प्रश्नोत्तरका क्रममा भने पत्रकारलाई बाहिर पठाइएको हो ।

प्रधानमाथि एक महिलाले आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । संसदीय सुनुवाइ समितिमा उजुरी नै दिएकी उनीसँग समितिका सदस्यहरुले छलफल गरिसकेका छन् ।

कार्ययोजना प्रस्तुतिका क्रममा प्रधानले मिलिसकेको विषयमा आफूलाई केही व्यक्तिले लाञ्छना लगाएको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?