+
+

बागमती किनारका पूर्वाधार संरक्षण गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १६:४७

९ साउन, काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाग्मती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।

बुधबार अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका तर्फबाट समितिले गरेका कामहरुबारे जानकारी लिएपछि उनले बनाइएका कतिपय ढल प्रयोगमा नआएको र पार्कहरुको संरक्षण हुन नसकेको गुनासो सुनिएकाले बाग्मतीमा बनेका संरचनाको संरक्षणमा ध्यान दिन निर्देशन दिएका हुन् ।

उनले बनेर पनि प्रयोगमा नआएका ढलहरुलाई तत्काल प्रयोगमा ल्याउन र पार्कहरुको संरक्षण गर्न निर्देशन दिए । ‘अहिले नागरिकले प्रश्न गरिरहेका छन् । ढल त बन्छ तर प्रयोगमा किन आइरहेको छैन । यसलाई करेक्सन गर्नुपर्यो । तत्काल गर्न सकिने काम अहिले गरौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘बनाएको छ भनेर मात्र भएन, काम आएको छ की छैन हेर्नुपर्यो ।’

त्यस्तै मन्त्री सिंहले गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरुको दुरावस्था रहेको भन्दै ती पार्कको संरक्षण र रेखदेखमा ध्यान दिन पनि समितिलाई निर्देशन दिए ।

यस्तै, उपप्रधानमन्त्री सिंहले बाग्मतीमा बाह्रै महिना सङ्लो पानी बगाउनेतर्फ पनि ध्यान दिन जोड दिए । बाग्मतीमा सफा पानी बगाउनका लागि नाग्मतीको ड्याम बनाउनुभन्दा अघि वैकल्पिक उपाय खोज्न पनि उनले समितिलाई निर्देशन दिए । ‘बाग्मतीमा १२महिनै पानी बगाउन हामीले सोच्नुपर्छ । धाप ड्यामको क्षमता पशुपतिमा हुने ठूला चाडपर्वको दिनमात्र पानी बगाउन सकिने खालको छ । त्यसैले धाप ड्यामभन्दा तल नागमती ड्याम बनाउने तयारी छ ।

त्यसका लागि बाधा अड्चन छ भने हटाउन मन्त्रालयले सहजीकरण गर्ने उनले बताए । ‘नागमती बन्न त केही वर्ष लाग्ला । त्यो बनेपछि गरौंला भनेर त भएन । बाग्मतीमा पानी बगाइराख्न वैकल्पिक केही गर्न सकिन्छ की हेर्नुपर्यो,’ उनले भने ।

बाग्मती भन्दा कुरुप नदीहरुलाई विभिन्न देशहरुले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै मन्त्री सिंहले बाग्मती नदी स्वच्छ रुपमा बगाउनका लागि सरकारले प्रभावकारी योजना ल्याउने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?