+
+

सांसदले घुस दिएकोबारे छानबिन भइरहेको छ : शिक्षामन्त्री भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते १७:४९

९ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले समकक्षता प्रमाण पत्र लिँदा सांसद वीरेन्द्र महतोले घुस दिएको विषयमा छानबिन भइरहेको बताएकी छन् ।

बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले सांसद महतोले उठाएको विषयमा छानबिन गर्न समिति बनाएर काम भइरहेको जानकारी गराइन् ।

उनले भनिन् ‘हामीले छानबिनका लागि समिति बनाएका छौं र जो कर्मचारीमाथि आरोप लागेको छ, उहाँलाई अरु स्थानमा पठाइएको छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक बसन्त कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको मन्त्री भट्टराईले बताइन् ।

उनले भनिन् अब ‘छानबिन समितिको प्रतिवेदनको सिफारिसका आधारमा कस्तो कारबाही गर्ने भन्ने निर्णय गर्छौं ।’

सांसद महतोले प्रतिनिधि सभाको बैठकमै प्रमाण पत्रको समकक्षताका लागि घुस दिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?