+

नेपाली पारातेक्वान्दो टिमलाई खेलकुदमन्त्रीले गरे विदाइ

२०८१ साउन  ९ गते १३:०१ २०८१ साउन ९ गते १३:०१
नेपाली पारातेक्वान्दो टिमलाई खेलकुदमन्त्रीले गरे विदाइ

९ साउन, काठमाडौं। पारा तेक्वान्दो खेलाडी तथा टिम अफिसियलहरुलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विदाइ गरेका छन् ।

पेरिस २०२४ पारा ओलम्पिकमा सहभागी हुन टिम तयारीका लागि वैदेशिक प्रशिक्षण गर्न मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायतको म्यान्चेस्टर शहरमा जाने टोलीलाई मन्त्री चौधरीले विदाइ गरेका हुन् ।

विदाई कार्यक्रममा संघका अध्यक्ष प्रकाश शम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, महासचिव दीपराज गुरुङ्ग समेतको उपस्थितिमा खेलाडी पलेशा गोवर्धन, भरत सिंह महता, प्रशिक्षक कविराज नेगी लामा तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई शुभकामना व्यक्त गरेका हुन् ।

पाराओलम्पिक तायरीका लागि बेलायतको म्यान्चेस्टर शहरमा अवस्थित ग्रेट ब्रिटेन तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमाजुलाई २५, २०२४ देखि अगस्ट २३ सम्म ‘पारालम्पिक प्रिपेरेसन क्याम्प’मा सहभागी भई वैदेशिक प्रशिक्षणका लागि नेपाली पारातेक्वान्दो टोली आज बेलायत उडेको हो ।

उक्त वैदेशिक प्रशिक्षण पश्चात पेरिस २०२४ पाराओलम्पिकमा सहभागी हुन नेपाली पारातेक्वान्दो टोली २३ अगस्टमा फ्रान्स प्रस्थान गर्नेछ ।

खेलाडी भरत सिंह महताको २९ अगस्टको दिनके–४४, पुरुष ५८ के.जी मुनि तौल समूहमा र खेलाडी पलेशा गोवर्धनको ३० अगस्टको दिनके–४४, महिला ५७ के.जी मुनि तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

तेजुलाल चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय