+
+

सांसद वीरेन्द्र महतोलाई कारबाही माग गर्दै समितिमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते २०:२५

९ साउन, काठमाडौं । पाठ्यक्रम विकास केन्द्र, सानोठिमीबाट सेवा लिंदा घुस खुवाउनु परेको अभिव्यक्ति दिने सांसद वीरेन्द्र महतोमाथि कारबाहीको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

रहबर अन्सारीको नाममा दर्ता भएको उजुरीमा आफ्नो काम गराउन घुस दिनु पदीय मर्यादा प्रतिकूल भएको दाबी गरिएको छ ।

उजुरीमा भनिएको छ ‘घुस रिसवत दिने कार्यलाई रोक्नुपर्नेमा उल्टै त्यसलाई प्रोत्साहन गरेको हुँदा महतोलाई कानुन बमोजिम कारबाही गरियोस् ।’

उजुरीमा सरकारलाई समर्थन दिएको दलका सांसदले नै भ्रष्टाचारलाई प्रोत्साहन गरेको र सरकारले नै भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्नँ र भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने संल्कप विपरीत भएको उल्लेख गरिएको छ ।

जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले गत आइतबार छोराको समकक्षता लिन ५ हजार रुपैयाँ घुस दिएको संसदको रोस्ट्रमबाटै बोलेका थिए ।

उक्त अभिव्यक्तिपछि शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपनिर्देशकको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?