+
+

हेटौंडामा एक दम्पती घरभित्र मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ९ गते २०:३३

९ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ भैरवरोडको चिसापानीस्थित आफ्नै घरभित्र एक दम्पती मृत फेला परेका छन् ।

६२ वर्षका केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार अपराह्न मृत फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहार भएको पाइएको छ ।

घटनाको अनुसन्धान गर्न मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ ।

मृतक दम्पतीका एक छोरा, बुहारी र छोरी छन् । छोरा बुहारी बाबुआमाको साथमा बस्दै आएको शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?