+
+

प्रदेशमा शेखर समूहले माग्यो भाग, देउवाले बेवास्ता गरेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १० गते ६:५६

१० साउन, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टीभित्र प्रदेश सरकारमा मन्त्री भागबन्डा गर्न माग गरेको छ ।

शेखर समूहले कांग्रेस-एमाले गठबन्धनपछि नयाँ बन्ने सरकारमा आफ्नो समूहका सांसदलाई पनि मन्त्री बनाउन माग गरेको हो ।

यही साउन ८ गते नेता शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतसँग छलफल गरेका थिए । छलफलबाट कोशीमा २ बागमतीमा ३, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना मन्त्री पाउनुपर्ने निष्कर्ष निकालेका थिए ।

तर, केही प्रदेशमा मन्त्रीको टुंगो लागिसक्दा पनि पार्टी सभापति शेरबहादुर देउवाले कुनै सल्लाह र समन्वय नगरेको कोइरालाको गुनासो छ ।

कोइरालाको सचिवालयका अनुसार बैठकलगत्तै निष्कर्ष सभापति देउवालाई सुनाइएको थियो तर उनले कुनै जवाफ दिएनन् । ‘अहिलेसम्म पार्टी सभापतिबाट कुनै जवाफ आएको छैन । विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचारबाहेक शेखर कोइराला पूर्णरुपमा बेखबर हुनुहुन्छ,’ सचिवालयले भनेको छ ।

नयाँ गठबन्धन अनुसार लुम्बिनी, बागमती, गण्डकी र मधेशमा नयाँ सरकार बनिसकेको छ ।

लुम्बिनी सरकारमा मन्त्री पठाउँदा संस्थापन पक्षले एकलौटी गरेको भन्दै असन्तुष्ट प्रदेश सभापति अमरसिंह पुनले सभापति देउवालाई ध्यानाकर्षण पत्र नै पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?